कर्मचारीको गल्तीले दुख झेल्न बाध्य सर्वसाधारण

भदाै १८, मकालु खबर । नेपालका अधिकांश गाविसहरू लथालिङ्ग अवस्थामा छन् । राज्य हुनुको कुनै अनुभूतिबिना स्वचालित मेसिन जस्तै परम्परागत र नैतिक मान्यतामा बाँधिएर चलिरहेका छन् । आम नागरिकका लागि राज्य युद्धकालमा बन्दुक बोकाएर सेना पठाउने संयन्त्र थियो । त्यसपछि सधैँ किचलो गर्ने संविधान सभा अनि अहिले चाहिँ राज्य के हो ? आम नागरिकलाई यसको जवाफ थाहा छैन ।
नेपालमा २०५९ सालपछि कम क्रियाशील बन्दै गएका राज्यका निकायहरू बिस्तारै निष्क्रिय भए । जनआन्दोलन पछि सुरु भएको गाविसको गतिशीलता कछुवाको तालमा छ । लामो समय जातीय–क्षेत्रीय आन्दोलनले फेरी चन्दा र धम्की आतङ्कले यसलाई प्रभावित ग¥यो । आज पनि राज्यलाई जनता सम्म पु¥याउने यो निकाय आफ्नो लयमा आउन सकेको छैन । जनप्रतिनिधी विहिन अवस्थामा भ्रष्टाचार, अनियमितता र अपारदर्शिताको ट्याग लिएर चलिरहेको छ । यस्तो अवस्थामा नागरिकले लोकतन्त्र, गणतन्त्र सबै रेडियोमा समाचार सुन्न मात्र उपभोग गर्न सकेका छन् भन्दा फरक नपर्ला ।
नागरिकहरू काम वा समस्या लिएर गाविस कार्यालय आउँछन । कोही काम गरेर फर्कन्छन् । काम हुन नसक्ने भए सुझाव वा सल्लाह लिएर फर्कन्छन् । प्रक्रिया वा कागजपत्रबारे बुझ्न आउनेहरू कुरा बुझेर फर्कन्छन् । जनप्रतिनिधी विहिन गाविस चारैतिर आलोचनाको केन्द्र भएको लामो समय भइसकेको छ । अपारदर्शीता, भ्रष्टाचार र अनियमितता पर्याय नै हो स्थानीय निकाय भनेर आम जनताले बुझेका छन् ।

नागरिकताको सिफारिस, बिहे दर्ता र बसाईंसराइ दर्ताको सिफारिसका लागि कार्यालयहरूमा सधैँ भिडभार भइरहने गर्छ । लोकतन्त्र भनेको नै लक्षित वर्गकोलागि र सबैको लागि हो । ठुला–ठुला भाषण र जटिल राजनीतिक दर्शन आमनागरिकले नबुझ्न सक्छन् । यो लोकतन्त्रको नागरिकले बुझ्ने भाषामा गरिएको अनुवाद हो । विवाह पछि गरिने दर्ता जसले पारम्परिक विवाहलाई कानुनी मान्यता दिन्छ र विवाहलाई वैधानिक बनाउँछ | यसको लागि श्रीमानको स्थाई बसोबास भएको वडा कार्यालयमा जानुपर्ने हुन्छ |
विवाह दर्ता पश्चात् मात्र श्रीमतीको नागरिकतामा श्रीमान् नाम थर राख्न मिल्छ जसको लागि श्रीमानको नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालय जानुपर्छ । तर, मोरङमा रहेको कार्यालयको लापरवाहीले एक महिलाले दुख पाएकी छन् । कार्यालयका कर्मचारीको लापरवाहीले उनले दिनहु जसो दुख पाइरहेकी छन् । विदेश अध्ययनका लागि कागजात मिलाएकी ती महिलालार्इ प्रशासन कार्यालयको लापरवाहीले हैरानी व्यहोर्नु परेको हो । श्रीमानसगै विदेश जान कसरत गरिरहेकी ती महिलालार्इ प्रशासनका कर्मचारीको लापरवाहीले हैरानी भएको छ ।
उनले भनिन, “हामी हाम्रो काम छिटो, छरिटो होस् भनेर जान्छा तर कर्मचारीले गर्ने सानो गल्तीले हामीले किन दुख पाएने ।’’








