उदयपुरमा सुमो दुर्घटना हुँदा ८ जनाको मृत्यु, ३ घाइते

कार्तिक १३, उदयपुर । उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । भने, ३ जना घाइते भएका छन् । कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भिरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

घाइते हुनेमा चालकसहित एक जना महिला र ३ वर्षीय बालक छन् । मृत्यु हुनेहरुको सनाखत हुन बाकी छ । हाल घाइतेहरुको स्थानीय कटारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + three =