भूकम्प पीडितले पन्ध्रसय थान ट्याक्सीको नम्बर पाउँदै

काठमाडौं । भूकम्प पीडितले भोलि असार ७ र ८ र ९ गते पन्ध्रसय थान ट्याक्सीको नम्बर प्लेट पाउने भएका छन् ।  भूकम्प अतिप्रभावित १४ जिल्लाका ट्याक्सीका लागि आवेदन दिएका मध्येबाट गोला प्रथा मार्फत १५ सय जनालाई ट्याक्सीको प्लेट दिइने भएको हो  । जिल्लागत रुपमा छुट्याएर तीन दिन लगातार गोलाप्रथा गर्न लागिएको छ ।

केहि समय अघि भूकम्पपीडितका लागि यातायात ब्यवस्था विभागले ट्याक्सी वितरण गर्न आवेदन मागेको थियो । विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सार्वजनिक रुपमा कार्यक्रम गरेर गोलाप्रथा गरिने बताउनु भयो ।

आवेदकमध्येबाट भाग्यसाली १५ सय जना पीडितले स्वरोजगरीका लागि ट्याक्सीको नम्बर प्लेट पाउनेछन् । बितेको साउन ५ देखि भदौ ५ सम्म एक लाख ४९ हजार पाँच सय ५८ भूकम्प पीडितले ट्याक्सीका लागि आवेदन दिएका थिए ।

भूकम्पबाट अति प्रभावित १४ जिल्ला दोलखा, गोरखा, सिन्धुपालचोक, काभ्रेपलाञ्चक, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौ, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका भूकम्प पीडितहरुले आवदेन दर्ता गरएका थिए । निर्वाचान आचारसंहिताका कारण पटक ९ पटक गर्ने भनिएको चिठ्ठा स्थगित गरिएको थियो । विभागले ट्याक्सीको नम्बर प्लेट मात्रै उपलब्ध गराउने र ट्याक्सी खरिदमा कुनै सहुलियत वा अनुदान नदिइने जनाएको छ ।


सरकारले भूकम्प पीडितहरुलाई लक्षित गर्दै काठमाडौंमा १५ सय नयाँ ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो । भूकम्प पीडितहरुलाई स्वरोजगार बनाउन सरकारले २०७२ जेठमा नै ट्याक्सीको दर्ता खुलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 12 =