सबैभन्दा सेक्सी महिलाको सूचीमा दीपिका

एजेन्सी,जेठ १८ । बलिउड नायिकाद्वय दीपिका पादुकोण र प्रियंका चोपडाको फिल्मी करियर हलिउडमा पनि दौडिएको छ । हाल यी दुई अभिनेत्रीको नाम म्याक्सिम इन्डिया हटेस्ट वुमन इन द वर्ल्डमा समावेश भएको छ । म्याक्सिमको सबैभन्दा सेक्सी महिलाको सूचीमा दीपिकाले बाजी मारेकी छिन् । उनी प्रियंकालाई पछाडी पार्दै अगाडि बढेकी छिन् ।
प्रियंका चोपडाले हलिउडमा ‘क्वांटिको’ फिल्मबाट डेब्यू गरेर निकै चर्चित भइन् भने दीपिका पादुकोणले ‘एक्सएक्सएक्स अफ जेन्टर केज’ बाट चर्चा बटुल्न सफल भएकी छिन्। अहिले प्रियंका चोपडा आफ्नो अर्को हलिउड फिल्म ‘बेवाच’ को रिलिजको पर्खाइमा छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seven =