गजल
२०७४ जेठ १५ गते

कसैले नदेख्नेगरि सुइकुच्चा ठोक्नुछ अब ।
आफ्नै देशको भार यो काधँले बोक्नुछ अब ।।
अन्धालाई चस्मा बेच्नुमा महानता देखिन्न ।
कपालै नहुनेलाई काइँयो बेच्ने हुनुछ अब ।।
तामझाम अनि धेरै तुजुक नदेझैँ गरियो ।
सस्तो भाषण गर्नेको सफाय गर्नुछ अब ।।
अत्याचारका सिमाहरुले सिमा मिचिरह्यो ।
ती सिमानाका बलियो खम्बा बन्नुछ अब ।।
इतिहासलाई वेचेर सरकार नेता पाल्दैछ ।
यस्तै हो भने सरकार फेरि ढाल्नुछ अब ।।
अतीत “अशोक दवाडी”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








