झापाको बिर्तामोडमा अनिश्चितकालीन कर्फ्यू

कात्तिक १०, झापा । झापाको बिर्तामोडमा प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । शुक्रबार अर्जुनधाराका लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे छानबिन गर्न माग गर्दै निकालिएको बिरोध र्‍यालीले हिंसात्मक रुप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानुनी कारबाहीको माग गर्दै बिर्तामोडमा स्थानीयवासीले प्रदर्शन गरेका थिए ।

प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले दर्जनौंँ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । शनिश्चरे रोडबाट निकालिएको ¥याली बिर्तामोडको मुक्ति चोक पुगेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको थियो । स्थानीयवासी थप आन्दोलित भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

दशैंँको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट बिर्तामोड– १ वैैसावाडी स्थित झाडीमा फेला परेको थियो । बिर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले आज बिर्तामोड बन्द गरेका थिए । प्रहरी उपरीक्षक विष्णु केसीले प्रहरीले भीड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको बताए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *