उदाउँदो सूर्यको पूजा गरि छठ पर्व विधिवत रूपमा समापन

कात्तिक १०, काठमाडाैं । उदाउदाे सूर्यलार्इ अर्घ दिए पश्चात छठ पर्व आजदेखि विधिवत रूपमा समापन भएको छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ ।

छठ पूजाका लागि आवश्यक पर्ने सामान चोखो राख्न व्रतालुहरूले विशेष रूपमा रेखदेख गर्छन् भने यस पर्वमा फलफूल, अदुवाको बोट, उखु, सुथनी, पानी फल, नरिवल, बोडी, नाङ्लो, कन्या, ढकी, माटोको दियो र कराई आवश्यक पर्छ । पूर्ण रूपमा शाकाहारी हुने यो पर्वमा ठकुवा, भुसुना, फलफूल र कसारले विशेष महत्व राख्दछ ।

त्यस्तै, छठ पर्व मनाउनका लागि विभिन्न जलाशय स्थानहरू सजाउने गरिन्छ । राजविराज– १ स्थित भगवती मन्दिरको पोखरी, कल्टु दास पोखरी, सकलदेव दास पोखरी, तुरन्ती पोखरी तथा जिल्लाको बोदे बरसाइन, कञ्चनपुर, भारदह, हनुमाननगर, रुपनी, कल्याणपुरसहितको दर्जनाै ठाउँमा घाट बनाएर पूजा गरिएकाे थियाे ।

यता भारदहस्थित कोसी व्यारेजमा सप्तरी, सुनसरी, सिरहासहित सीमावर्ती भारतीय गाउँबाट समेत श्रद्धालुहरूले छठका लागि स्थान ओगटेका थिए । सुरुमा तराइवासीले मात्र मनाउने यो पर्व हिजोआज अन्य जाति एवं राजधानीलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएपछि सरकारले छठ पर्वको अवसरमा सार्वजनिक बिदासमेत दिने गरेको छ ।

निर्धन र निःसन्तानबाट मुक्ति पाउन तथा मानव जातिको उत्थान र आरोग्यका लागि यो पर्व मनाउने गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।

 पर्वको पहिलो दिन चतुर्थीमा व्रतालु महिला एवं पुरुष नृत्यकर्मपछि शुद्ध शाकाहारी खाना खान्छन् । यसलाई ‘नहाय खाय’ अर्थात् नुहाएर खानु भनिन्छ । यो दिन नुहाई, धुवाई, चोखो भई व्रतालु महिला एवं पुरुषहरूले लसुन, प्याज नहाली कालो नुन प्रयोग गरी खाना खाने गर्छन् ।     यस्तै दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसिन्छ भने यस दिनलाई ‘खरना’ भनिन्छ ।

गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रती यो दिन दिनभरि उपवास बस्ने गर्छन् । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । यो दिन बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ । सो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतीले प्रसादको रूपमा ग्रहण गर्छन् । परिवारका अन्य सदस्यहरूले पनि यसलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन छ ।

पर्वको तेस्रो दिन षष्ठी उपवास बसेका व्रतालुहरू साँझपख जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्ने गर्छन्उदाउँदो सूर्यको पूजा गरि भने चौथो दिन बिहान पुनः जलाशयमा गई समाप्त हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seven =