लालू यादवलाई साढे ३ वर्षकाे जेल, ५ लाख जरिवाना

रांची, पुस २२।  चारा घोटाला काण्डमा भारतीय राज्य बिहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवलाई साढे ३ वर्षको जेल सजाय सुनाइएको छ । यसका अलावा लालूले ५ लाख भारतीय रुपैयाँ जरिवाना पनि तिर्नुपर्ने छ ।

लालूसहित चारा घोटाला काण्डमा दोषी पाइएका कसैलाई पनि जमानतमा रिहा हुने मौका मिल्ने छैन ।

भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबीआई)को रांचीस्थित विशेष अदालते शनिवार लालूमाथि यस्तो फैसला सुनाएको हो ।

सरकारी कोष (देवघर कोषागार) बाट पशु तथा पंक्षीका लागि चारा खरिद गर्ने भनेर अवैध तरिकाले ८९.२७ लाख रुपैयाँ निकालेको मामलामा यो फैसला आएको हो ।

सन् १९९० देखि १९९४ को बीच देवघर कोषागार (ट्रेजरी)बाट पशुका लागि चारा बाँड्ने नाममा ८९ लाख २७ हजार भारतीय रुपैयाँ निकालिएको थियो । जतिबेला लालु विहारका मुख्यमन्त्री थिए ।

यद्यपि यो पूरा चारा घोटाला ९५० करोड रुपैयाँको हो । जसमा एक देवघर कोषागारसँग जोडिएको छ । यो मामलामा कूल ३८ जना आरोपी थिए । यी सबैजना विरुद्ध सिबीआईले २७ अक्टोबर १९९७ मा मुद्दा दर्ता गरेको थियो ।

सोही मामला २० वर्षपछि गत पुस ८ गते सिबीआई अदालतले लालूलाई दोषी ठहर गरेको थियो । सोही दिन लालूलाई अदालत परिसरबाट पक्राउ गरी हिरासतमा राखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =