बसको ठक्करबाट टेम्पो चालकको मृत्यु
२०७४ जेठ १५ गते

“
कात्तिक ७, इनरुवा । सुनसरी इटहरी उपमहानगरपालिका–४ हलगडामा बसको ठक्करबाट आज एक टेम्पो चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–८ का ३५ वर्षीय अमित तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
काठमाडाैंबाट धरानतर्फ जाँदै गरेको को ७ ख ५७०५ नम्बरको बसले को १ ह ७७२९ नम्बरको टेम्पोलाई ठक्कर दिँदा गम्भीर घाइते भएका तमाङको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








