राष्ट्रपतिको फोनले झन् दुःखी बनायो– जनसन

वासिङ्टन । आतंककारी समूह आइएसको आक्रमणबाट मारिएका एक जना अमेरिकी सैनिककी श्रीमतीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टेलिफोनले झनै दुःखी बनाएको बताएकी छन् । यसै महिनाको सुरुमा नाइजेरमा आइएससँगको भिडन्तका क्रममा मारिएका चारजना अमेरिकी सैनिकमध्येका एक जना थिए सार्जेन्ट ला डेभिड ।

सो क्रममा मारिएका ती अमेरिकी सैनिक डेभिडकी श्रीमतीले दिएको सो अभिव्यक्ति यतिखेर अमेरिकी मिडियामा व्यापकता रूपमा आएको छ । राष्ट्रपति ट्रम्पले समवेदना व्यक्त गर्न उनलाई टेलिफोन गर्नुभएको बताइएको छ ।

त्यस क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो श्रीमानको नाम सम्झन नसकेको दुखेसो उनले पोखेकी छन् । उनले अमेरिकी सञ्चारलाई पनि सो प्रतिक्रिया दिएकी छिन् । उनले भनेकी छन्– मेरा श्रीमानले देशको लागि ज्यान गुमाउनु परेको छ र त्यो पीडा त मसँग छँदै नै छ । त्यसैमा पनि समवेदना दिनका लागि भन्दै मुलुकका राष्ट्रपतिले फोन गर्दा पनि देशको लागि मारिएका सहिदको नाम सम्झिन नसक्नुले मलाई थप पीडा दिएको छ ।

डेभिडकी श्रीमतीले एक अमेरिकी टेलिभिजनसँग कुरागर्दै सोमबार सो दुखेसो गरेकी थिइन् । उनले राष्ट्रपतिको टेलिफोनले आफूलाई झन् रुवाएको बताएकी थिइन् । डेभिडकी गर्भवति पत्नी मेशिया जनसनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्ना दिवङ्गत पतिको नाम सम्झन कठिन अनुभव गरेको र यस्तो थाहा पाउनुपर्दा आफूलाई झनै ठुलो चोट पुगेको बताएको समाचार आएको थियो ।

नाइजरमा इस्लामिष्ट उग्रवादीहरुको हमलामा चार जना अमेरिकी सेना मारिएका थिए । त्यसमा परी सार्जेन्ट ला डेभिड जनसनको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =