माअाेवादीकाे कस्ताे रणनीति, अधिकार नभएनी कुर्सी नछाड्ने

कात्तिक ७, काठमाडौँ । माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने निर्णय लिएकाे छ । यसअघि माओवादी नेताहरूले तिहारलगत्तै मनोनयन दर्ता गरेपछि सरकार छाड्ने अभिव्यक्ति दिएका थिए । तर, मनोनयन दर्ता भएको दुई दिन बितिसक्दा समेत माओवादी मन्त्रीहरु विनाविभागीय हैसियतमा सरकारमा कायमै छन् ।

माओवादी प्रवक्ता पम्फा भुसालले भन्छिन्, चुनावमा केन्द्रित भएकाले सरकार छाड्ने कुरा अहिले गाैण छ । ‘अहिलेको प्रमुख काम निर्वाचन हो । सरकार छाड्ने कुरा सहायक भइसक्यो,’ उनले भनिन् ।

सत्ता साझेदार दल माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा राप्रपालाई समावेश गरी माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट मुक्त गरेका थिए । त्यसलाई माओवादीले चुनाव सार्ने षडयन्त्रको संज्ञा दिँदै सरकारमै रहने घोषणा गरेको थियो । तर, अहिले मङ्सिर १० मा निर्धारित चुनावको मनोनयन दर्ता भइसकेकाले चुनाव सर्ने आशंका हटिसकेको छ । तर पनि माओवादी सरकारबाट बाहिरिन अनिच्छुक देखिएको छ ।

मनोनयन दर्ताको अघिल्लो दिन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो । उक्त भेटमा भएको छलफलको विषयवस्तु सार्वजनिक भइसकेको त छैन तर माओवादी नेता हरिबोल गजुरेलले देउवासँगको छलफल सकारात्मक भएकाले अब परिस्थिति बदलिनसक्ने बताएका छन् । उनले भनेका छन्, ‘शेरबहादुरजीसँग सकारात्मक छलफल भइरहेको छ । परिस्थिति पहिलेभन्दा सहज बनेको छ ।’

गजुरेलले ‘सकारात्मक छलफल’को अन्तर्य खुलाउन चाहेनन् । उनले अझै पनि चुनाव सार्ने चलखेल भइरहेको आशंका व्यक्त गरे । उक्त शङ्का दूर भए सरकारबाट फिर्ता हुने पनि उनले बताए । गजुरेलले भने, ‘अहिले चुनावको वातावरण बन्दै गइरहेको देखिएको छ तर पनि विभिन्न ढङ्गले बिथोल्ने कोशिसहरु भइरहेकै छन् । ती शङ्का दूर भए फिर्ता हुन्छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 5 =