यसरी मनाए जापानका नेपालीले तिहार

टोकियो, जापान । तिहारको पाँचौँ दिनको भाइटिका पर्वमा कला संस्कृतिको जगेर्ना र दिगो शान्तिको कामना गर्दै जापानका नेपाली एकत्रित भएर टीका थापेका छन् । दिदीबहिनीले दाजुभाइप्रति निष्ठा र दीर्घायुको आशिष् तथा दाजुभाइले सक्दो दानदक्षिणा गरी दाइभाइ र दिदीबहिनी बनेर यहाँका नेपालीले विविधतामा एकताको सन्देश दिएका हुन् ।

टोकियोका धेरै स्थानमा समूह बनाएर सामूहिकरुपमा खेलेको देउसी भैलोमा तडक भडक र बढ्दो विकृति हटाउन हालैका दिनमा बढ्दो साउण्ड स्पिकरको प्रयोग गरेनन् । हरेकका हातमा हुने मोबाइल पनि नबजाएका उनीहरूले परम्परागत महत्त्व झल्काउन एकापसमा को कहाँबाट आएको र के जात हो भनेर कसैले सोधेनन् । जानेको नेपाली कला संस्कार प्रस्तुत गरी देशमा दिगो शान्तिको कामना गरेका छन् ।


एकताको सन्देश दिन नचिनेको र टाढाको सम्बन्धलाई एकापसमा टीका लगाएर नजिक बनाउने प्रयास गरिएको योपटकको भाइटिका साइत अबेर भएकाले धेरैले जापानी समयअनुसार ३ बजेपछि लगाए । बढ्दो नेपालीको उपस्थितिसँगै ओशाका, नागोया, फुकुओकालगायतका स्थानका नेपालीले पञ्चाङ्ग निर्णायक समितिको साइत भन्दै ११ बजेर ५१ मिनेटको शुभकार्यलाई जापानी समयअनुसार ३ बजेर ५ मिनेटमा टीका लगाएका हुन् ।

कतिपयले बेलुका कामबाट निस्केर दिदीबहिनी भएको स्थानमा गएर टीका लगाएको र देउसी भैलोमा प्राप्त गरेको दक्षिणासहितका दृश्य सामाजिक सञ्जालमा अपलोड गरेका थिए । कुकुरलाई माला लगाएर तिहार भित्र्याएका यहाँ“का नेपालीले नेपालमा जस्तै सेलरोटी, फिनी, लड्डु, रसबरीलगायतका मिठा परिकार बनाएको र मादल, गितारमा भटाएर नाचेको परम्परागत देउसी भैलोमा जापानी नागरिक उत्साहित भएका थिए ।

तिहारलाई लक्षित सप्तरंगी फुल, टीका, माला र मिठा परिकार बाहिरै बिक्रीका लागि राखिएका पसलमा जापानीसँगै अन्य विदेशी पनि किन्न पुगेका दृश्य अनौठा थिए । शुक्रवार चितवन समाजले टोकियोको सिनओकुबोमा सुरु भएको देउसी भैलो कार्यक्रममा बाक्लो उपस्थिति थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *