नेपाल चेम्बर एक्स्पो सुरु हुने
२०७४ जेठ १५ गते

मंसिर १३, काठमाडाैं । विहिबारदेखि काठमाडौंको भृकुटीमण्डवमा ‘नेपाल चेम्बर एक्स्पो’ सुरु हुने भएको छ ।
नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुकको आर्थिक, औद्योगिक एवम् वाणिज्य क्षेत्रको विकास तथा अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनको सहजीकरणका लागि एक्स्पो आयोजना गरिएको जानकारी गराएको हो ।
एक्स्पोमा अन्तराष्ट्रिय आर्थिक क्रियाकलापबारे जानकारी लिन सक्ने व्यवस्था मिलाइएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

एक्स्पोमा ९० वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुसहित २ सय २५ वटा स्टल रहनेछ । स्टलमा विभिन्न खानाका परिकार, अटोमोवाईल, मोटरसाईकल, इलेक्ट्रोनिक्स सामानहरु पनि राखिनेछ ।
५ दिनसम्म चल्ने एक्स्पोमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, चीन, कोरिया, जापान लगायतका देशहरुको स्टल रहनेछ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








