आज इद पर्व मनाउँदै
२०७४ जेठ १५ गते

काठमाडौं, भदौ १७ । मुस्लिम समुदायले आज इद पर्व मनाउँदैछन् । आजदेखि ३ दिनसम्म मनाइने आजको इदलाई इद उ जोहा अर्थात ईल उद अधा पनि भन्ने गरिएको छ । विश्वभरिका मुसलमान समुदायले हिजारी सम्वत् अनुसार यो बकर ईद मनाउने गरिन्छ ।
हिजारी महिनाको १०औं दिन यो पर्व मनाइन्छ । नेपाल सरकारले बकर इदको अवसरमा भोलि सार्वजनिक बिदासमेत दिने गरेको छ । इदको अवसरमा भोलि सार्वजनिक बिदा दिदैंछ । इद मनाउँदा बिहानै सबेरै उठेर नुहाइधुवाई गरी शुद्ध हुने र खुला स्थान वा मस्जिदहरुमा गई नमाज पढ्नुका साथै एकआपसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।
साथै मुस्लिम समुदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा व्यक्त गर्दै मिठा परिकार खाने, खुवाउने तथा प्रार्थनाहरु एकआपसमा साटासाट गरिन्छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








