अज्ञात समूहद्वारा लुटपाट

विष्णु जोशी, कन्चनपुर । कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १, बारकुन्डामा अज्ञात समूहले हतियार देखाएर लुटपाट गरेका छन् । राति १२ बजेको समयमा हतियार सहित आएको ४/५ जनाको समूहले भीमदत्त नगरपालिका वडा नम्बर १ बारकुन्डामा रहेको लालमणि कुँवरको घरमा लुटपाट गरेको जनाइएको छ ।

८४ वर्षीय बृद्व कुँवरको घरमा उनको बुहारी र नातिनातिनीहरू मात्रै भएको मौका पारेर लुटपाट भएको जनाइएको छ । लुटेरा समूहले घरबाट करिब आठ तोला सुनका गरगहना र चाँदी लुटेर लगेको पीडित कुवरले जाहेरीमा उल्लेख गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक टक्कर स्वाँरले बताए ।

उनका अनुसार लुटेराहरूको समूहले दराजमा राखेको डेढलाख नगद समेत लिएर गएका छन् । प्रहरीका अनुसार घरमा राखिएका पुराना भाडाबर्तन, मोबाइल लगायतका सामानहरू समेत लुटेराको समूहले लिएर गएको छ । घरकाे कोठामा परिवारका सदस्यलार्इ बन्द गरेकाले रातिनै कसैलाई खबर गर्न नसकिएको र बिहान छिमेकीहरूले ढोका खोलेपछि मात्रै पीडित परिवारले प्रहरीलाई जानकारी गराएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =