वीर बहादुर खत्रीको ‘सिङ्गारु’ अाउँदै
मकालु खबर
२०७४ जेठ १५ गते
“
कार्तिक ३, सुर्खेत । प्रदेशी भूमिमा रहेर पनि आफ्नो कला सस्कृतिको जगेर्ना गर्नु पर्छ भन्ने बिचार लिएर प्रतिभावान गीतकार तथा संकलक वीर बहादुर खत्रीले सिङ्गारु गीति सङ्ग्रह बजारमा ल्याउँदैछन् ।
सुर्खेत भेरी गङगा नगरपालिका वीर बहादुरले आफ्ना श्रृजनामा नेपाली मौलिकता र यथार्थतालाई पोख्ने गरेका छन् । खत्रीले रुकुम रोल्पा अनि त्यहाँको मनोरम सिस्ने हिमाल लगायतलाई समेटेर सिङ्गारु एब्लम सम्मान म्युजिक प्रा. लि. बाट बजारमा आउन लागेको हो ।
खत्रीले अहिलेसम्म परदेशीको पीडा, अफगानिस्तानको घटना, चन्द्र सूर्य, आमा सम्झी रुन्छु अरबको खाडीमा, पिडा चोट लगायत दर्जनौं गीतहरू बजारमा ल्याइसकेका छन् ।
सिङ्गारुमा लय शब्द खत्रीकै रहेको छ भने, स्वर गायक ऋषि अधिकारी र शेर बहादुर आचार्य गाइनेको रहेको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित