यस्ताे मनाेमानी कहिले सम्म ?
“
कार्तिक ३, राैतहट । चन्द्रपुर नगरपालिकामा रहेको राजमार्ग छेउ छाउमा पर्ने सडक पेटीमा जथाभावी सवारी साधन पार्किङ गर्ने, सडक पेटिमा व्यापार व्यवसाय गर्नेक्रम बढ्दो छ । सडक पेटीमा जथाभावि सवारी साधन पार्किङ र व्यापार व्यवसाय सञ्चालन गर्नाले बाटो हिँड्ने बटुवालाई आवत जावत गर्न निकै गा¥हो र कष्टकर भएको बटुवाहरुले बताएका छन् ।
चन्द्रपुर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको बेवास्ताले गर्दा बाटो हिड्न समस्या परेको स्थानीय व्यापारी राजु तिवारीले बताए । बेवास्ता गर्दा सडक पेटीमा जथाभावि सवारी साधन पार्किङ र व्यापार व्यवसाय सञ्चालन गर्नेको मनोबल दिन प्रतिदिन बढ्दै जान थालेको छ । व्यवस्थित नगर बनाउने अभियान कागजमा मात्र सीमित हुने भएकाले आशा गर्ने ठाउँ नरहेको अर्का स्थानीय व्यवसायी मनोज भट्टराई बताउँछन् । उता भवन निर्माण गर्दा बाटोमानै निर्माण सामाग्री राख्ने परिपाटीले पनि यो समस्या दिन प्रतिदिन बढ्दै गएको हो ।
सडक पेटीमा निर्माण सामाग्री राख्ने, जथाभावी सवारी पार्किङ गर्ने क्रम नरोकिदा व्यवस्थित र सुन्दर नगर बन्ने कुरामा आफूहरू विश्वस्त नभएको स्थानीयको भनाई छ । हार्डवेयर पसल र फलफुल पसल सञ्चालन गर्ने को झनै दादागिरीनै बढ्दै जान थालेको छ । उनीहरूले साजर्वजनिक सम्पत्तिका रूपमा रहेको बाटो छेउको पेटीलाई ओगट्ने, सामाग्री राख्ने र सोही स्थानबाट बेच्ने समेत गरेका छन् । चन्द्रपुर नगरपालिकाले सडक पेटी र निर्माण समाग्री हटाउनका लागि बेला बेलामा सुचनानै जारी गरेको भए पनि त्यस्ता सूचनाको सुनुवाइ नहुँदा यो क्रम बढ्दै जान थालेको छ । राजमार्गमै यस्तो अवस्था हुँदा समेत ट्राफिक कार्यालय र नगरपालिकाको कार्यालय मौन बस्नुले यो समस्या तत्काल समाधान हुने छांटकांट नरहेको स्थानीय समाजसेवी विनोद घिमिरेको भनाई छ ।
“