“तराई मधेसलाई सबैभन्दा बढी माया गर्ने पार्टी नेकपा एमाले” अध्यक्ष ओली

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसलाई सबैभन्दा बढी माया गर्ने पार्टी एमाले भएको बताएका छन् । आइतबार नेकपा एमाले बाँकेको आयोजनामा नेपालगन्जमा भएको उम्मेदवार घोषणा सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, “तराई मधेसलाई सबैभन्दा बढी माया गर्ने पार्टी नेकपा एमाले हो ।”
तराई मधेसमा एमालेको ठूलो जनमत रहेको दाबी गर्दै एमाले अध्यक्ष ओलीले भने, “निर्वाचन अघि सबैले एमालेलाई बढार्न खोजेपनि निर्वाचन परिणाम आउँदा एमालेले सबैलाई बढार्ने ठोकुवा गरे ।”
कार्यक्रममा पार्टी नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफु प्रधानमन्त्री हुँदा तराई मधेसका लागि छुट्याएको बजेटको स्मरण गरे । उनले तराई र मधेसको विकासका लागि एमालेको विकल्प नरहेको बताउँदै विकासका लागि तराई मधेसका जनताले एमालेलाई बहुमतले जिताउने बताए ।
स्थानीय तहको निर्वाचनामा तीन वटा प्रदेशमा परिणाम अनुसार एक नम्बरको पार्टी बनेको एमाले दोस्रो चरणको निर्वाचनबाट एमाले र अन्य दल बीच ठूलो अन्तर भई एक नम्बरमै रहने बताए । एमाले सबै सामाजिक, धार्मिक, साम्प्रदायिक सद्भावका लागि प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष ओलीले भने, “नेपालगन्जमा सम्शुद्दिन सिद्दिकी र शान्ति ढकालको उम्मेदवारी त्यसको नमूना भएको उल्लेख गरे ।” कार्यक्रमलाई सम्बोधन गरे पश्चात अध्यक्ष  ओली दाङ जानुभएको छ ।
Displaying yamale1.jpg
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twelve =