सिएमजी, बुटवल, कलकत्ता भेट्रान, फोर्टी फाउन्डेशन र जोरपाटी बिजयी

पोखरा, माघ ५ । पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलक द्वारा संचालित ‘साँतौ स्व.रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्रा्ष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको खेलमा डिफेन्डिङ च्याम्पियन सिएमजी काठमाडौ, बुटवल भेट्रान, कलकत्ता भेट्रान भारत, फोर्टी फाउन्डेशन काठमाडौ र जोरपाटी काठमाडौ बिजयी भएका छन् ।
पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको सिएमजी काठमाडौले फ्रिडम फाइटर नख्खिपोटलाई प्रतिष्पर्धात्मक खेलमा ३–२ गोल अन्तरले पराजित गरेको थियो । सिएमजीका लागि खेलका म्यान अफ दि म्याच समेत बनेका अनिल राज भण्डारी, कृष्ण मालाकार र चेतनारायण श्रेष्ठले एक एक गोल गरे भने फ्रिडमका लागि बिजय गुरुङ र नरेन्द्रलामाले गोल गरे । खेलमा सिएमजीका खेलाडी बिजय महर्जन र कृष्ण मालकारले पहेंलो कार्डको सामना गरे भने पराजित टिमका नरेन्द्र लामालाई निर्णायकले पहेंलो कार्ड देखाए ।

यसै गरि दोश्रो खेलमा बुटवल भेट्रानले हेटौडा भेट्रानलाई २–१ गोल अन्तरले पाखा लगायो । खेलमा बुटवलका लागि भिमकाजी गुरुङ र शेर बहादुर गुरुङले गोल गरे भने हेटौडाका लागि एक मात्र सान्त्वना गोल खेलका म्यान अफ दि म्याच बल बहादुर गुरुङले फर्काए । त्यसै गरि तेश्रो खेलमा कतकत्ता भेट्रानले पोखराको टिम एबिसीलाई १–० ले पराजित ग¥यो । कलकत्ताका लागि समिर कुमार नन्दीले गोल गरे ।
बिहिबार अन्य दुइ खेलहरु भने टाइ ब्रेकरमा सकिएका छन् । चौथो खेलमा फोर्टी फाउन्डेशन नेपाल काठमाडौले कंचनजंघा सिलिगुडी दार्जि्लिङको टिमलाई ४–३ गोल अन्तरले पराजित गरेको थियो। निर्धारित समयमा दुवै टिमका तर्फ बाट गोल हुन नसके पछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो ।
सम्पन्न अन्तिम खेलमा राष्ट्रिय टिमका पूर्व टिम कप्तान समेत सम्मिलित टिम जोरपाटी काठमाडौले पोखराको स्थानिय क्लब इन्द्रेणी एकिकृत बिकास केन्द्र पोखरालाई टाइ ब्रेकरमा ४–३ गोल अन्तरले स्तव्ध पा¥यो । निर्धारित समयमा १–१ गोलमा खेल सकिएपछि खेल टाइ ब्रेकरमा पुगेको थियो ।
खेलको शुभारम्भ प्रतिनिधी सभा सदस्य प्रेम प्रसाद तुलाचन र प्रदेश सांसद इन्द्र धारा विष्टले गरेका थिए ।
४० वर्ष देखि माथी ६५ वर्ष उमेर समुहले सहभागिता जनाउने प्रतियोगितामा विजेताले नगद रु. १ लाख, रनिङ शिल्ड, पदक र प्रमाणपत्र, द्वितिय पुरस्कार विजेताले नगद ५० हजार मात्र, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने बगर भाइ खलका अध्यक्ष दिल बहादुर गुरुङले बताए ।








