बर्षाका कारण खेल नतिजा विहिन हुदाँ आर्मी र पुलिस सयुक्त विजेता

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा बर्षा बाधक बनेपछि पुलिस र आर्मीले संयुक्त रुपमा जितेका छन । जसका कारण दुबै टिमले जितको स्पष्ट चाख चाख्न पाएनन ।

किर्तीपुर मैदानमा हिजो अर्थात बुधबार फाइनल खेल खेलाउने पुर्व तालिका भएपनि अन्तिम समयमा फाइनल खेल एकदिन धकेलिएको थियो । प्रतियोगिताको खेल तालिकामा फाइनल खेलको अर्को दिन रिर्जभ डे राखिएकाले आयोजकले फाइनल खेललाई रिर्जभ डे मा सारेको हो । तर त्यो निर्णय दुबै टिमलाई उपलब्धि मुलक बनेन । टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस ४५ ओभर एक बलमा मात्र एक सय २६ रनमा अलआउट भयो ।

जसका पाच खेलाडीले दोहोरो अंक पार गरे । जसमा सुनिल धमलाले सर्वाधिक ३२ रन बनाए भने सिद्धान्त लोहनीले २० तथा दिपेन्द्र सिंह ऐरीले १९ रनको योगदान गरे । चार रनमा पहिलो विकेट गुमाएको पुलिले २० रन हुदा दोस्रो विकेट खेर फालेको थियो । त्यसछि थप ४७ रन जोडदा पुलिसको चार विकेट गएको थियो । तर उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । ९१ रन बनाउदा उसको सात विकेट खेर गएको थियो । अन्तिममा सिद्धान्त लोहनी र सुसिल कडेलले केहि सम्हालिएर खेलेपनि राम्रो साझेदारी गर्न सकेनन । अन्तत पुलिस एक सय २६ रनमा अलआउट भयो । पुलिसलाई कम स्कोरमा रोक्न जितेन्द्र मुखियाले चार तथा सुसान भारीले तीन विकेट लिए । यस्तै सागर पुनले दुई विकेट लिए । जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने सुचिमा सुसान र सागरले समान १४ विकेट लिएका छन ।

एक सय २७ रनको सामान्य लक्ष्य लिएर मैदानमा उत्रिएको आर्मीको पारीलाई भारी बर्षाले पुरै विथाल्यो । सात रनमा एक विकेटको अवस्थामा आर्मी खेलिरहदा भारी बर्षा हुन पुग्यो । त्यसपछि मैदान गिलो भएकाले खेल सम्भव भएन र दुबै टिमलाई संयुक्त रुपमा उपाधि विजेता घोषणा गरियो । प्रतिोगिताको प्लेयर अफ द सिरीज आर्मीका सागर पुन बने । उनले बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गरेका थिए । दबै टिमले १५–१५ लाख रुपैया हात पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seventeen =