शनिवार भाइटिकाको दिन फाट्टफुट्ट पानी पर्ने सक्ने

कात्तिक २, काठमाडाैं । शनिवार भाइटिकाको दिन पूर्वी नेपालको एक-दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले शुक्रवार र शनिवार दिउँसोपछि थोरै ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको मौसमविद् सुवास रिमालले जानकारी दिए ।


उनका अनुसार मनसुन सकिएकाले काठमाडौँ उपत्यकासहित देशभरि नै चिसो बढ्दै गएको छ । मनसुन सकिएको र देशभरि कै न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस सम्म घटिसकेकाले अब चिसो बढ्ने बताए । उनका अनुसार अब बिस्तारै अधिकतम तापक्रम पनि घटेर बिहान कुहिरो लाग्ने र चिसो बढ्नेछ । योसँगै दिन पनि छोटो हुने मौसमविद् रिमालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =