मिठाई खाँदै हुनुहुन्छ ? जान्नुहोस् खानुअघि यी तथ्य

कात्तिक २, काठमाडाैं । मिठाईलाई स्वास्थ्य, व्यायाम अनुसार ठिक्क खाए स्वास्थ्य वद्र्धक हुन्छ, विचार नगर्दा हानि गर्छ । देशमा प्रतिव्यक्ति प्रतिदिन ०.५५ प्रतिशतको हाराहारीमा मिठाई उपभोग गर्दै आएका छन् । मिठाई नियमित रूपमा थोरै परिमाणमा खाँदा स्वास्थ्यका लागि फाइदाजनक मानिए पनि एकै दिन बढी परिमाणमा खाँदा ठुलो नोक्सानी गर्न सक्ने विज्ञहरु बताउँछन् ।


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्णका अनुसार,

-मिठाई खाइसकेपछि कम्तीमा एक घण्टा व्यायाम गर्नुपर्छ ।
-मिठाई, खाना, रक्सी, तरकारी र मासु सकेसम्म सँगसँगै खानु हुँदैन ।
-मिठाई खाँदा शरीरले क्यालोरी ठुलो परिमाणमा पाउने तर पेट नभर्ने समस्या हुन्छ ।
-मिठाईमा अत्यधिक परिमाणमा चिनी, घिउ र तेल प्रयोग हुन्छ । यसमा क्यालोरी उच्च हुन्छ ।
-मोटोपना र सुगरका बिरामी सकेसम्म मिठाईको प्रयोगबाट टाढै बस्नुपर्छ । खानै मन लागे एक दुई पिस खाएर मज्जाले व्यायाम गर्नुपर्छ ।
-मिठाईमा फाइवर पनि निकै कम भएकाले यसको सेवनपछि कब्जियत हुने समस्या प्रबल हुन्छ ।
-मिठाई खानेबित्तिकै ग्लाइसेमिक इन्डेक्स (खाइसकेपछि रगतमा चिनीको मात्रा मापन गर्ने आधार) तत्कालै उच्च गतिमा बढ्ने भएकाले मधुमेह हुने सम्भावना पनि त्यत्तिकै हुन्छ ।
-बजारमा पाइने रङ्ग प्रयोग भएका रंगीचंगी र चाँदीको वर्कले सजाइएका मिठाईबाट पनि सकेसम्म टाढै बस्नु राम्रो हुन्छ ।

नक्कलीबाट सावधान
-भिडभाडको मौका छोपेर गुणस्तरहीन नक्कली मिठाई भिडाउने सम्भावना पनि त्यत्तिकै हुन्छ । यस्तो समयमा विश्वासिलो पसलबाट मात्रै मिठाई खरिद गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

-नक्कली मिठाईको प्रयोग (सेवन) बाट मानव स्वास्थ्यलाई दीर्घकालीन रोग लगाउने तथा  ज्यान पनि जान सक्ने खतरा हुन्छ ।

-अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =