मतदाता र उम्मेदवारले परिणामका लागि १० दिन कुर्नुपर्ने

“
कात्तिक १, काठमाडौँ । अाउँदाे मङ्सिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दुर्इ चरणमा गर्ने तयारी भइरहेकाे छ । पहिलो चरणमा मतदान मङ्सिर १० गते ३१ गते गर्ने तयारी छ । तर, मतदाता र उम्मेदवारले परिणामका लागि भने १० दिन कुर्नुपर्ने भएको छ । दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्र पहिलो चरणको मतगणना सुरु हुने निर्वाचन अायाेगले जनाएकाे छ ।
मङ्सिर २१ मा दास्राे चरणका ४६ जिल्लामा मतदान भएपश्चात एकसाथ ७७ वटै जिल्लामा मतगणना थाल्ने तयारी निर्वाचन आयोगले गरेको हो । जनशक्तिको कमी र दोस्रो चरणको चुनाव प्रभावित हुने भएकाले मतगणना एकैपटक गर्न लागिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । यसअघि स्थानीय तहको निर्वाचनमा भने मतदान सकिएलगत्तै मतगणना सुरु भएको थियो । त्यति बेला पहिलो, दोस्रो र तेस्रो चरणका निर्वाचनको अवधि लामो थियो ।
वैशाखमा ३१ मा पहिलो, असार १४ मा दोस्रो र असोज २ मा तेस्रो चरणको चुनाव भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको दुई चरणको अवधि भने १० दिन रहेकाे छ । सोही कारण सबै पक्षलाई विचार गरेर मतगणना एकैपटक गर्न लागिएको ढकालले बताए ।
“








