ट्र्याक्टर दुर्घटनामा मृत्यु ‘हलेसी चुवाचुङ’

खोटाङ, २३ मंसिर । ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

च १ त ३६७४ नंको ट्र्याक्टर गए राति दुर्घटना हुँदा हलेसी चुवाचुङ नगरपालिका–६ का २३ वर्षीय बलबहादुर पुलामी मगरको ज्यान गएको हो । सोही वडाका २५ वर्षीय अर्जुन थापा मगर र २४ वर्षीय गौतम राई गम्भीर घाइते भएका हुन् ।

घाइते दुवैलाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । घाइतेमध्ये मगरको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कामका लागि महादेवस्थानबाट मंगलटारतर्फ जाने क्रममा घुर्चु भन्ने ठाउँको घुम्तीमा ट्र्याक्टर दुर्घटना भएको जनाइएको छ । घुम्ती मोड्ने क्रममा सडकबाट करिब ७०० मि तल खसेको ट्र्याक्टर क्षतिग्रस्त रहेको जनाइएको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी गरिएको घटनास्थल पुगेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै सोही ठाउँका १९ वर्षीय चालक देवेन्द्र बस्नेत फरार रहेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *