पोखरामा देउसी भैलाे बेलुका १० बजे सम्म

असोज ३१, पोखरा । तिहार पर्वको अवसरमा आयोजना गरिने देउसी भैलो तथा सांस्कृतिक कार्यक्रमहरू बेलुका १० बजे सम्म मात्र आयोजना गर्न प्रशासनले आग्रह गरेको छ । हिन्दुहरूको दोस्रो ठुलो चाडको रूपमा रहेको तिहार पर्वको अवसरमा सुरक्षाको दृष्टिले बेलुका १० बजेसम्म मात्र देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजन गर्न जिल्ला प्रशासन कार्यलय कास्कीले आग्रह गरेको हो ।

शान्ति सुरक्षालाई प्रतिकुल असर पार्न सक्ने हुनाले बेलुका १० बजे पछि कास्कीमा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजन नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयका कास्कीका प्रशासकिय अधिकृत अनिल कुमार शाहीद्धारा हस्ताक्षरित सूचनामा तिहार, छठ जस्ता पर्वको अवसरमा भुईचम्पा, पटका र आतिसबाजी जस्ता विष्फोटक पदार्थहरुको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्न जाने भएकोले यसको उत्पादन, आयात, निर्यात, बिक्री वितरण परिवहन तथा प्रयोग नगर्न चेतावनी दिएको छ ।

यदि कानुनले वन्देज गरेका कुरा कसैले जबरजस्ती गरेमा गरेको खण्डमा कारबाही गरिने प्रशासनले चेतावनी दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *