वैज्ञानिक सहरीकरण मेरो प्राथमिकता

प्रदेश नं ७ कैलाली जिल्ला स्थित लम्कि चुहा नगरपालिकामा नेकपा एमालेको तर्फबाट युवा तथा जुझारु नेता महादेव बजगाईंले मेयर पदको निम्ति उम्मेदवारी दिनुभएको छ । आई.कम सम्म अध्ययन गर्नु भएका ३८ वर्षिय बजगाईं लम्किमा बढिरहेको सहरीकरणलाई व्यवस्थित गर्नलाई उम्मेदवारी दिएको बताउनुहुन्छ ।

‘तिव्रगतिमा बढिरहेको हाम्रो नगरलाई वैज्ञानिक सहरीकरणको बाटो तर्फ लैजानु मेरो प्राथमिकता हो । नीति र सिद्धान्तमा रहेर नागरिकको सेवा गर्नु मेरो धर्म हो’ उम्मेदवार बजगाईंले बताउनुभयो । लम्किनगरको समस्या भनेको सुकुम्वासि समस्या पनि हो । साथै वादी एवम् अन्य विपन्न तथा गरिव समुदायको आर्थिक स्तरमा पनि समस्या देखिएको छ । खानेपानी तथा शिक्षा क्षेत्रमा पनि व्यापक समस्याहरु देखापरेका छन् ।

उम्मेदवार बजगाईं आफुले यी समस्याहरुको अध्ययन गरेको तथा समस्या समाधानकै निम्ति आफुले उम्मेदवारी दिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कर्मचारीले जनताको भावना अनुसार काम गर्न सकेनन् । अब यहाँका समस्यालाई म जनताको प्रतिनिधि भएर तथा जनमतको कदर गरेर यहाँ देखापर्ने हरेक समस्याको समाधान गर्छु ।’  यसका अलावा लम्किलाई औद्योगिक क्षेत्र घोषणा गर्ने, भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने, बेरोजगारी समस्या समाधान गर्ने, हाटबजार व्यवस्थापन गर्ने जस्ता योजना समेत उहाँको चुनावी एजेण्डामा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =