नेप्सेमा आज करिब ८ अङ्कको वृद्धि
“
असोज २९, काठमाडौँ । आज साताको पहिलो दिन नेप्से परिसूचक मध्य सत्रबाट वृद्धिको दिशामा देखिएको छ । अघिल्ला दिनहरूमा नेप्से घटिरहेकोले बजारमा सुधार देखिएको ब्रोकरहरुले बताएका छन् । लगातार घट्न थालेपछि बजारमा सेयर आपूर्ति पनि घटेकाे उनीहरूको भनाई छ ।
बजार बढ्न ठुलो कारणहरू नदेखिएको ब्रोकरहरुले बताएका छन् । कर्जा लिएर सेयर कारोबार गरिरहेकाहरुले पहिलो त्रैमाशको ब्याज लगभग तिरिसकेकोले पनि बजार पुनः सुधारको दिशामा जान थालेको अनुमान गर्न थालिएको छ ।
यसदिन नियमित कारोबार मात्रै २५ लाख बराबरको भएको छ । डिप्रोक्स विकास बैङ्क र नागरिक लगानी कोषको नेपाल टेलिकमले लिलामीमा बिक्री गरेको सेयर अभिलेखिकरणको लागि कारोबार भएको छ । २६ करोड रुपैयाँ बराबरको कारोबार यी दुईको मात्र भएपछि कुल ४९ करोड ९६ लाख बराबरको सेयर किनबेच भएको हो ।
यस दिन नेप्से परिसूचक भने ७.९८ अङ्कले बढेर १५१८ विन्दुमा पुगेको छ । यस दिन १ सय ५४ कम्पनीको सेयर किनबेच भएको हो ।
“