सोनियाले मुख खाेलिन्, राहुल अब पाटी अध्यक्ष हुने

असोज २९, भारत । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीले आफ्नो छोरा राहुल गान्धी चाडै नै पार्टीको अध्यक्ष बन्ने बताएकी छिन् ।

‘राहुल कहिले पार्टीको प्रमुख बन्नु हुन्छ भनेर तपाईहरुले मलाई धेरै पहिले देखि सोधीरहनु भएको छ, अब राहुल चाडै नै अध्यक्ष बन्दैछ,’ सोनिया गान्धीले दिल्लीमा पत्रकारहरुसँग भनिन् । उनले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको शुक्रवार भएको पुस्तक विमोचन समारोहपछि पत्रकारहरुलाई यस्तो जानकारी दिएकी हुन् ।

सोनीया गान्धीले राहुल गान्धीलाई पार्टीको अध्यक्ष पद हस्तान्तरण गरिन भने भारतीय कङ्ग्रेस पार्टीको नेतृत्व नेहरु गान्धी परिवारको तर्फबाट चौथो पुस्तामा हस्तान्तरण हुनेछ । राहुल गान्धी संभवतः दीपावलीपछि भारतीय कङ्ग्रेस पार्टीको अध्यक्ष बन्ने बताइएको छ। यद्यपि राहुल गान्धी अहिले पनि भारतीय कङ्ग्रेस पार्टीको उपाध्यक्ष छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =