जब एक अनियन्त्रित कार हाइवेबाट उडेर जंगलभित्र पस्यो….

काठमाडौं, असोज २९ ।  दुनियाँको हरेक कुनामा हरेक दिन सडक दुर्घटनाको खबर आउने गर्दछ । यी दुर्घटनाका कारण थुप्रैले आफ्नो जीवन गुमाएका पनि छन् । तर पनि मानिसहरुले नियमको धज्जी उडाएर सडकमा तीब्र गतिमा गाडी चलाउँछन् जसका कारण उनीहरुको ज्यान जोखिममा पर्ने गर्दछ ।

तर पनि कुनैबेला दुर्घटना यति भयानक हुँदापनि त्यसमा सवार मानिसहरुको ज्यान बचेको हामीले देख्नेसुन्ने गरेका छौं ।

यस्तै एक घटना चीनमा घटित भएको छ । एक तीब्र गतिको कार अनियन्त्रित भएर हावामा उडेर दुईवटा रुखबिच फस्यो । कारको गति यति तीब्र थियो कि अनियन्त्रित भएपछि हाइवेबाट उड्दै जंगलमा छिर्यो र हावामा नै दुई रुखबिच फस्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *