निर्वाचन हुने जिल्लाहरुमा मंसिर ४ गतेदेखि विद्यालय बन्द हुने

काठमाडौं, असोज २८ । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा मंसिर ४ गतेदेखि विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगका अनुसार विद्यालय भवन तथा कम्पाउण्डहरुमा मतदान केन्द्र राखिएको छ । १० गते चुनाव हुने ३१ जिल्लामा ४ गतेदेखि विद्यालयहरुमा विदा दिन भनिएको छ । साथै २१ गते निर्वाचन हुने जिल्लाहरुमा मंसिर १५ गतेबाट विदा दिन भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *