निखिल र सारा फेरि संगै “पिंजडा ब्याक अगेन ”मा जस्काे पहिलो गीत यस्तो छ (भिडियोसहित)

“
काठमाडौं, असोज २८ । एक्सन स्टार निखिल उप्रेतीको डेब्यू चलचित्र ‘पिंजडा’ सिक्वल “पिंजडा ब्याक अगेन ” को पहिलो गीत सार्वजनिक गरिएको छ । माघ ४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै बिहीवार राजधानीमा एक कार्यक्रमका बीच “कु कु कु ” बोलको गीत रिलिज गरिएको हो ।
ठेट नेपाली र मौलिकता गुथ्न सिपालु राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ भने राजनराज र अन्जु पन्तको स्वर सुन्न सकिन्छ । निखिल उप्रेती र सारा सिर्पाली फिचरिङ रहेको उक्त भिडियोमा कोरियोग्राफर रामजी लामिछानेले गरेका हुन् । उक्त गीतमा निखिलले मज्जाले कम्मर मर्काएर नाछेका छन् । निखिल र साराले यसअघि चलचित्र ‘रुद्र’मा एकसाथ काम गरेका थिए ।
यो चलचित्रमा कथा मौनता श्रेष्ठले लेखेका छन् । जसमा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । सौरभ लामाको छायाङ्कन रहेको यस चलचित्रमा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ ।
“








