रामेछापमा मेस्सीको सहयोगमा स्वास्थ्य चाैकी निर्माण
“
दीपक भट्ट, रामेछाप । बार्सीलाेनाका स्टाइकर एवम् अर्जेन्टिनाका खेलाडी लियोनेल मेस्सीको सहयोगमा रामेछापको ओख्रेर च्यास्कुमा रहेको स्वास्थ्य चौकीको निर्माण गरिएको छ । भूकम्पले क्षतविक्षत भएको चौकी मेस्सीको सहयोगमा निर्माण गरिएपछि हाल त्यस्का लागि खानेपानीको व्यवस्था पनि गरिएको छ ।
बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनाका चर्चित खेलाडी मेस्सीको सहयोग र युनिसेफको पहलमा नेपालका विभिन्न जिल्लामा आधा दर्जन बढी स्वास्थ्य चौकीहरु निर्माण भएका छन् । उनै मेस्सीको सहयोगमा रामेछापको च्यास्कुमा बनेको स्वास्थ्य चौकलाई खानेपानीको अभाव भए पनि अब त्यसकाे अन्त्य हुने भएकाे छ । अब स्वास्थ्य चौकीमा सोलार लिफ्ट सिस्टमबाट खानेपानी सेवा पु¥याइएको छ ।
युनिसेफ र साझेदार संस्था नागरिक सरोकार समूह नेपाल गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको खानेपानी आयोजना स्वास्थ्य चौकीलाई जिल्ला समन्वय समितिले एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ । युनिसेफको २३ लाख लगानी तथा ६ लाख रुपिँया स्थानीय जनश्रमदान गरी २९ लाख रुपैयाँमा उक्त खानेपानी आयोजना बनेको हो । वाइट यज्ञ श्रेष्ठ, अधिकृत, युनिसेफ नेपालस्वास्थ्य चौकीमा खानेपानी नहुँदा स्वास्थ्य चौकीले प्रतिगाग्री ५० रुपैयाँ रकममा पानी किनेर स्वास्थ्य संस्था सञ्चालन गर्दै आएको थियो ।
स्वास्थ्य संस्थासँगै रहेको बस्तीमा समेत खानेपानीको चरम अभाव हुँदा स्थानीय नागरिकहरू एक ग्रागी पानी लिन २ घण्टा टाढा ओखरबाेट साउने खोलाबाट पानी बाेकेर जीविको पार्जन गर्दै आएका थिए ।
“