प्रहरी दिवसकाे अवसरमा धरानमा प्रहरीहरुलाई गरियाे सम्मान

“
भरतराज शर्मा, धरान । मुलुकभर विभिन्न कार्यक्रम गरी ६२ औँ प्रहरी दिवस शुक्रवार मनाइएको छ । यस्तै दिवसकै अवसरमा सुनसरीको धरानमा पनि विभिन्न क्षेत्रका ब्यत्तित्वहरुलाई सम्मान गरी ६२ औ प्रहरी दिवस मनाइएको छ ।
सङ्घीय प्रहरी कार्यालय धरान सुनसरीको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाईएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता प्रहरी वरिष्ठ उपरिक्षक हरि बहादुर पालले गरेका थिए ।
कार्यक्रममा अन्य अतिथीहरु धरान नगरपालिकाका मेयर, उपमेयर विभिन्न वडाका वडा अध्यक्षहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय समाजसेवी, बुद्धिजीवी, लगायत विभिन्न तह र तप्काका व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पराजुलीले शान्ति सुरक्षामा काम गर्ने प्रहरीलाई सह धन्यवाद प्रकट गर्दै जिल्लमा शान्ति सुरक्षा मजबुत बनाउन आग्रह गरे ।
कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति प्रहरी वरिष्ठ उपरिक्षक हरि बहादुर पालले सम्पूर्ण समाजलाई शान्ति सुरक्षाको व्यवस्था मिलाई राम्रो सन्देश दिन यो कार्यक्रमको आयोजना गरिएको बताए । साथै, सोही कार्यक्रमको अवसरमा विभिन्न दर्जामा रही कार्यसम्पादन गर्नुहुने उत्कृष्ट प्रहरीहरुलाई सम्मान समेत गरिएको थियो भने प्रहरी दिवसको अवसरमा वीर अमर प्रहरी जवानका घरपरिबारका सदस्यहरूलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।
त्यस्तै, सोही कार्यक्रममा भुपु प्रहरी नायव निरिक्षक हरि बहादुुर कार्कीले प्रहरी जन्म दिवसको अवसरमा कविता मार्फत सबैलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
“








