लेखनाथ उद्योग वाणिज्य सङ्घको नेतृत्व लिन प्यानलसहित आकांक्षीहरु मैदानमा

“
असाेज २६, पोखरा । लेखनाथ क्षेत्रका उद्योगी तथा ब्यवसायीहरुको छाता सङ्गठन लेखनाथ उद्योग वाणिज्य सङ्घको असोज २८ गते हुन गइरहेको ११ औ महाधिवेशनको चुनावी सरगर्मी बढेको छ । आगामी कार्यकालको लागि अध्यक्ष लगायतका विभिन्न पदहरुमा भिड्ने आकांक्षीहरुले आ–आफ्नो प्यानल सहित घर दैलो कार्यक्रमलाई तीव्र पारेका छन् ।
सङ्घको आगामी कार्यकालको नेतृत्वकोलागि अध्यक्षका प्रत्यासीकारुपमा कृष्णहरि भण्डारी र वसन्त मोहन भट्टराईले उमेदवारी दिएका छन् । चुनावी मैदानमा उत्रीएका दुवै प्रत्यासीले आ–आफ्नो प्यानल सहित चुनावी प्रचार प्रसारमा जुटेका छन् ।
सङ्घको २१ औँ साधारण सभाले गत हप्ता संशोधन गरेको संशोधित विधान अनुसार आगामी कार्यकालकोलागि २३ सदस्यीय कार्यसमितिका पदाधिकारीहरुको चुनाव हुनेछ । चुनावी मिति नजिकिँदै गर्दा दुवै प्यानलले चुनावी अभियान तथा घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् ।
अध्यक्ष पदका दाबेदार इन्जिनियर वसन्त मोहन भट्टराई र हालका वरिष्ठ उपाध्यक्ष कृष्णहरी भण्डारी नेतृत्वको छुट्टाछुट्टै प्यानल बनेको छ । भट्टराई नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षमा क्रमशः गीता देवी सुवेदी, मेजर राम प्रसाद गुरुङ, दयाराम तिवारी, ऋषीराम जमरकट्टेल, दामोदर भक्त थापा र सोमत बहादुर श्रेष्ठ रहेका छन् । त्यसै गरी सदस्यहरूमा मधुसुधन कोइराला, महेश्वर आचार्य, पं गणेश अधिकारी, रुद्र रमण रेग्मी, धिरज कुमार श्रेष्ठ, सप्तनाथ कुवँर, रमेशराज पौडेल र लक्ष्मी वास्तोला रहेका छन् ।
त्यस्तै भण्डारी नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षमा क्रमशः बलराम ढकाल, छत्रधर आत्रेय, विनोद श्रेष्ठ, भरत कुमार अधिकारी, गोपिचन्द्र वास्तोला र राजेन्द्र ओझा रहेका छन् । सदस्यहरूमा असोक प्रसाद बराल, भरतराज ओझा, भीम बहादुर नेपाली, मेनुका श्रेष्ठ, रामजी पौडेल, सरोजराज अधिकारी, शिव प्रसाद भण्डारी, उपेन्द्रराज सुवेदी जानुका अधिकारी र राधा सापकोटा रहेका छन् ।
दुवै प्यानलका उम्मेद्वारहरुले कसरी मतदातालाई आफूप्रति आकर्षित गर्न सकिन्छ भन्ने रणनीतिमा केन्द्रित भएर चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका छन् ।
लेखनाथ उद्योग वाणिज्य सङ्घको सातौँ महाधिवेशनमा अध्यक्षको प्रत्यासीकारुपमा चुनावी मैदानमा उत्रिएका वसन्त मोहन भट्टराईले आफ्नो लामो व्यावसायिक अनुभव र सरकारी क्षेत्रमा हासिल गरेका कामको अनुभवलाई सङ्घ र ब्यवसायीहरुको हितमा प्रयोग गर्ने बताए । उनले समग्र लेखनाथको विकासलाई अगाडि बढाउने बताउँदै यसक्षेत्रमा रहेका विभिन्न सङ्घ संस्था, उद्योगी, व्यापारी र राजनीतिक पार्टीहरू सँगको आपसी समन्वयमा अगाडि बढाउने बताए ।
त्यसै गरी अर्का प्रत्यासी कृष्णहरि भण्डारीले सङ्घको स्थापना कालदेखि नै आफू विभिन्न पदमा रहेर कार्य गर्दै आएको दाबी गर्दै ब्यबसायीहरुले आफूलाई निर्वाचित गराउनेमा निश्चिन्त रहेको बताए । उनले सङ्घको स्थापना देखिनै सदस्य, सहसचिव द्धितिय उपाध्य र प्रथम उपाध्याक्षको महत्त्वपूर्ण जिम्मेवारी पुरा गरेकोण् दाबी गर्दै सङ्घका धेरै पदाधिकारीको समर्थन आफूलाई रहेको दाबी गरे ।
गत १८ गते मनोनयन दर्ता लगत्तै उम्मेद्वारहरु लेखनाथ नगर लगायत संसोधित विधानले समेटेको रुपा तथा मादी गाउँपालिकाका केही ठाउँमा समेत घरदैलोका लागि पुगेका ब्यसायीहरुले बताएका छन् । लेखनाथ उद्योग वाणिज्य सङ्घमा अहिले १२५५ जना साधारण सदस्य रहेका छन् ।
“








