डा. गोविन्द केसीद्वारा बर्ता टोली गठन
२०७४ जेठ १५ गते

“काठमाडौं, असोज २६ । चिकित्सा शिक्षा सुधार बेथिति र नीतिगत भ्रस्टाचार अन्त्यका लागि भन्दै १३ औं पटक आमरण अनसन बसिरहेका डा. गोविन्द केसीले बर्ता टोली गठन गर्नुभएको छ । केसीसँग बार्ता गर्नका लागि सरकारले सचिव स्तरीय तीन सदस्यीय बर्ता टोली गठन गरेपछि डा. केसीले पनि ५१ सदस्यीय बार्ता टोली गठन गर्नु भएको हो ।
पहिलो चरणमा ५१ सदस्यीय बार्ता टोली गठन गरिएपनि यसपछि ७५ जिल्लाकै प्रतिनिधित्व हुने गरी बार्ता टोलीको विस्तार गरिने समेत विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।केसीको आन्दोलनमा समर्थन गर्ने देशभरीका समर्थकहरुको प्रतिनिधित्व गराउनका लागि बार्ता टोलीमा ७५ जिल्लाकै प्रतिनिधित्व गराउन लागिएको विज्ञप्तिमा उल्लेख छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








