एमाले सांसद जलेसाको तीज गीत सार्वजनिक (भिडियोसहित)
२०७४ जेठ १५ गते

काठमाडौंँ । एमाले सांसद सिन्धु जलेशा बुढाथोकीको तीज गीत सार्वजनिक भएको छ । उनको तीज ‘आयो दिदी र बहिनी हो !!! बोलको गीत बुधबार सार्वजनिक गरिएको हो ।
हिजो बुधबार माइतिरघरमा सार्वजनिक भएको गीत विदेश गएका महिलाहरुको भोगाइमा आधारित रहेको छ ।
एमाले सचिव प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यमा सिन्धुले उक्त तीज गीत सहित दुई म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।
बुढाथोकीको स्वरमा वीरमभूमि नेपाल हो मातृभूमि नेपाल हो कर्मभूमी नेपाल हो बोलको राष्ट्रिय गीत समेत सार्वजनिक भएको छ । उक्त भिडियोलाई रामशरण कोइरालाले निर्देशन गरेका हुन् भने भिडियोको छायाँकन शिव पंगेनीले गरेका हुन् ।
भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








