यी हुन् हलिउडका सबैभन्दा सुन्दर नायिकाहरु (फोटोफिचर)

“
एजेन्सी । हलिउडमा हरेक वर्ष नयाँ कलाकारको प्रवेश हुन्छ । फिल्मी दुनियाँमा नम्बर वान बनेर राज गरिरहेको हलिउडका सबैभन्दा सुन्दर नायिकाहरु यस्ता छन् ।
१. स्कारलेट जोनसोन
अमेरिकी नायिका, मोडल र गायिका जोनसोन कामुक नायिकाको दर्जामा परेकी छिन् । विभिन्न पत्रपत्रिकाले उनलाई ‘सेक्सिएस्ट सेलिब्रेटी’को उपाधि दिइसकेका छन् ।
२. मेलिना मार्कोभ्ना
२००९ मा ‘सेक्सिएस्ट सेलिब्रेटी’ हटलिस्टमा सयमध्ये पाँचौ नम्बरमा परेकी थिइन् यिनी । २०१३ मा पनि उनी यो लिस्टमा दोस्रो नम्बरमा परेकी थिइन् ।
३. क्याथ्रिन रोमरी
यी मोडल मात्र नभई नायिका पनि हुन् । विज्ञापनहरुमा निकै छाएकी उनी ओरनाल्डो ब्लुमसँग २००२ मा अभिनय गरेकी थिइन् । विभिन्न पत्रपत्रिकाले उनलाई ‘सेक्सिएस्ट सेलिब्रेटी’को उपाधि दिइसकेका छन् ।
४. जेसिका मारिया
टेलिभिजनमा बढी देखिने यी नायिका मात्र नभई मोडल पनि हुन् । उनलाई पनि सेक्स सिम्बोलका रूपमा हेरिन्छ ।
५. नाटालिया पोर्टमेन
यी दोहोरो नागरिकतावाहक नायिका हुन् । इजरायल र अमेरिकाको नागरिकता भएर चर्चामा आएकी नाटालिया पनि सेक्सिएस्ट सेलिब्रेटी’को रूपमा चिँनिदै आएकी छन् । उनी २०११ म बेस्ट एक्ट्रेस समेत घोषित भएकी थिइन् ।
“








