नेपाललार्इ ठूलाे झट्का, शरद हङकङ विरूद नखेल्ने

असाेज २६, काठमाडाैं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरूदकाे खेलमा नेपालका भरपर्दा ब्याट्सम्यान शरद भेषावर नखेल्ने सम्भावना बढेकाे छ । शरदलाई एक्कासि ज्वरो बढेपछि हङकङ विरुद्वको महत्त्वपूर्ण खेल नखेल्ने सम्भावना बढेको हाे । यद्यपि नेपाली टोली व्यवस्थापकले सो कुराको आधिकारिक पुष्टि गरेको छैन ।


नेपालले शुक्रवार र आइतबार हङकङविरुद्ध उसैको मैदानमा खेल्दैछ । ज्वरोले च्यापेपछि उनी बिहीबारको अभ्याससत्रमा पनि अनुपस्थित रहेको नेपाली टोलीका एक सदस्यले बताए । च्याम्पियनसिपमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडीको सुचीमा शरद दोस्रो स्थानमा छन् । उनले प्रतियाेगिताकाे दश खेलबाट तीन सय २१ रन बनाएका छन् । भने, कप्तान पारस खड्काले ३५२ रन बनाएका छन् । ब्याटिङ औषतकाे कुरा गर्दा उनी ४५.५ को औषतमा शीर्षस्थानमा छन् । दोस्रो स्थानमा रहेका पारसको औषत ४४ रहेको छ । पारसले शरदको भन्दा दुई खेल कम खेलेका छन् ।

च्याम्पियनसिपको पछिल्लो खेलमा केन्याविरुद्ध शरदले २४ रन बनाउनुका साथै ४ विकेट समेत लिएका थिए, जसले गर्दा नेपालले जित हात पारेको थियो । उनले नखेल्ने भएपछि नेपाली टिमले विकल्पमा नेपालबाट अर्को खेलाडी ल्याउने तयारी गरिरहेको बताइएकाे छ । तर, कसलाई ल्याउन लागिएको हो भन्नेबारे उनले अनभिज्ञता प्रकट गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *