कपिलवस्तुमा औषधी अभाव भएपछि विरामी मर्कामा

कपिलवस्तु, असोज २५ । कपिलवस्तुको भगवानपुर स्वास्थ्य चौकीमा औषधी अभाव भएको छ । जिल्लाको दक्षिणि भेग तथा भारतको सिमामा पर्ने कृष्णनगर नगरपालिकाका वडा न १२ मा रहेको भगवानपुर स्वास्थ्य चौकीमा अहिले सामान्य औषधी सिटामोल समेत नभएको पाइएको छ ।

अधिकांश स्वास्थ्य संस्थामा औषधीको अभाव हुदा बिरामीहरु मर्कामा परेका छन । स्वास्थ्य चौकीमा औषधी अभाव भएको महिनै वित्न लाग्दासमेत सरोकारवालाले चासो नदिएको स्थानीय बासिन्दाल गुनासो गरेका छन् । त्यस्तै गर्भवती महिलाहरुलाई खुवाईने आईरन चक्की समेत भगवानपुर स्वास्थ्य चौकीमा सकिएको छ । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका प्रमुख योगेन्द्र प्रसाद भगतले अब स्वास्थ्य कार्यलयले कुनै कायक्रम नआई औषधि दिन नसक्ने वताउनुभयो ।

सरकारले अव सवै जिम्मा स्थानिय तहलाई दिएको वताउदै स्वास्थ्य चौकीका प्रमुखहरुले नगरपालिका सग माग गर्न आग्रह गर्नुभयो । सरकारले ७० प्रकारको औषधी स्वास्थ्य चौकीमा दिने गरेको भएनि भगवानपुर स्वास्थ्य चौकीमा भने अहिले कुनै पनि ओषधि नभएको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =