कर्णालीले देशको अर्थतन्त्र मजबुत पार्ने क्षमता राख्ने राष्ट्रपतिको भनाइ

जुम्ला, असोज २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीसँग देशको अर्थतन्त्र बलियो बनाउने क्षमता रहेको बताउनुभएको छ । चन्दननाथ नमूना माध्यमिक विद्यालय जुम्ला खलंगाको नवनिर्मित विज्ञान प्रयोगशालाको भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कर्णाली अथाह सम्भावना र प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र भएको औँैल्याउनुभयो ।

यति हुँदा पनि कर्णालीको आर्थिक तथा सामाजिक विकास हुन नसक्दा नागरिकले सहज जीवनयापन गर्न नसकेकोप्रति राष्ट्रपति भण्डारीले दुःख व्यक्त गर्नुभयो । जलवायु परिवर्तनलाई ध्यानमा राखेर कर्णालीको विकासका लागि राज्य, कर्णाली केन्द्रित हुनुपर्ने उहाँको धारणा थियो । सदियौँदेखि उत्पीडित क्षेत्र, वर्गलाई राज्यको मूल प्रवाह ल्याउन अधिकतम प्रयास भइरहेको जनाउँदै विकासमा कर्णालीलाई उच्च प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो ।

पछिल्लो समयमा लोकतन्त्रले विकासमा सम्भावनाको ढोका खोलेको उहाँको प्रतिक्रिया थियो । विशेषगरी सरकारी सामुदायिक विद्यालयले देश विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले ज्ञान–विज्ञानसँग जोडिएको प्रयोगशाला सञ्चालन सफलताको कामना गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *