गौचनलाई शहीद घोषणा गर्न माग गर्दै प्रर्दशन

असोज २५, काठमाडौँ । निमार्ण व्यवसायी सङ्घका अध्यक्ष शरदकुमार गौचनका परिवार र निर्माण व्यवसायीहरुले गाैचनलार्इ शहीद घोषणा गर्न माग गर्दै प्रर्दशन गरेका छन् । बुधवार बिजुली बजारदेखि नयाँवानेश्वर चोकसम्म प्रदर्शन गरेका हुन् ।

बानेश्वरको खरिबोटमा गोली हानी हत्या गरिएका गौचनलाई शहीद घोषणा गर्न माग गर्दै प्रदर्शन गरिएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रहेका गौचनको हत्यारा पत्ता लगाउन छानबिन समिति गठन गर्न समेत उनीहरूले माग गरेका छन् । प्रदर्शनका क्रममा उनीहरूले २ मिनेट सडक अवरूद्ध पारेका थिए ।

गौचनको सोमबार दिउँसै गोली हानी हत्या भएको थियो । बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर शान्तिनगरस्थित आफ्नो निवासबाट अनामनगरस्थित महासङ्घ कार्यालय आउने क्रममा गौचनमाथि बानेश्वरको प्रयाग मार्ग नजिकै गोली हानिएको थियो । गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फको सिसामा ढुङ्गा प्रहार गरेको र गाडी रोकिएपछि दुई गोली प्रहार भएको थियो । गाडीको सिसा छेडेर गौचनको पेटमा गोली लागेको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *