सरकारी निकाय उदासिन हुँदा गाँउले एकजुट भए

असाेज २५, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको सक्रान्तिको डाँडागाउँबाट खेलपुर हुँदै खाम्लालुङको पाक्तिन जोडिने ग्रामीण सडक स्थानीय बासिन्दा आफैले मर्मत गरेका छन् ।

दसैँ बितिसक्दा पनि सरकारी तवरबाट सडक मर्मत नभएपछि आफूहरुकै सुविधाका लागि भन्दै स्थानीय बासिन्दाले श्रमदान मार्फत झन्डै ५ किलोमिटर सडक मर्मत तथा सरसफाइ गरेका हुन् । वर्षाले क्षतिग्रस्त कच्ची सडक मर्मत नहुँदा गाउँमा बिरामी पर्दा एम्बुलेन्स समेत आउन नसक्ने भएपछि गाउँले आफैले मर्मत गरेका हुन् ।

लिङ्देन, पाक्तिन र खेलपुरका झन्डै एक सयजना भन्दा बढीले एक दिनभर श्रमदान गरी सडक मर्मत तथा सरसफाइ गरेको स्थानीय रामसँस्कृत मावि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन खापुङले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *