सानिमाको शाखा गौशालामा, आजबाट सेवा लिन सकिने

असाेज २५, काठमाडाैं । सानिमा बैङ्क लिमिटेडले आजबाट काठमाण्डौंको गौशालामा ४७ आै शाखा कार्यालय स्थापना गरीे बैङ्किङ सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैङ्कका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्य्राण्ड प्रवन्धक कलाकारदय मदन कृष्ण श्रेष्ठ एवम् हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रूपमा गरिएकाे थियाे ।

समुद्घाटन समारोहमा सानिमा बैङ्कका अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी सानिमा बैङ्कले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए । त्यसै गरी सानिमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै यस गौशाला शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । समुद्घाटन समारोहमा मह जोडीले गौशालामा सानिमा बैङ्क सञ्चालनमा आएकोमा गौशालावासीहरुलाई बधाईको साथै बैङ्कलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैकको रूपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरेका थिए ।

सानिमा बैकको उक्तशाखा समेतगरी मेची देखि महाकालीसम्म ४७ वटाशाखा सञ्जाल तथा ५३ वटा ए.टि.एम. रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *