दलहरुलाई उम्मेदवार छान्न सकस

काठमाडौं, असोज २५ । बाम गठबन्धन बनाएर ६० र ४० को हिसाबले उम्मेद्वार उठाउने निर्णय गरेका एमाले माओवादीले उम्मेदवारको अन्तिम टुङ्गो भने अझै लगाउन सकेका छैनन् । उम्मेदवार छनोटको मापदण्ड र मापदण्ड बनाउनको लागि कार्यदल गठन भएपनि कतिपय स्थानमा शिर्ष नेताहरुकै निर्वाचन क्षेत्र जुधेकाले उम्मेदवार छनोटमा बामगठबन्धनलाई सकस परेको छ ।

तर, माओवादी नेता तथा सामान्य प्रसाशनमन्त्री टेकबहादुर बस्नेतले भने निर्वाचन सम्पन्न गराउने विषय मुख्य भएकाले अरु बिषय मिल्दै जाने बताउनुभयो । बाम गठबन्धनले जस्तै लोकतात्रिक गठबन्धनले पनि क्षेत्र निर्धारण गरि उम्मेदवार छनोट गर्न सकेको छैन ।

निरन्तर रुपमा बैठक र छलफल बसेपनि उम्मेदवारको आकांक्षी धेरै भएकाले टुङ्गो लाग्न नसकेको नेताहरुले बताएका छन् । कांग्रेस नेता तथा श्रम मन्त्री फरमुल्लाह मन्सुरले छिट्टै उम्मेदवारको टुङ्गो लगाउने गरि छलफल भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *