ईक्वेडरविरुद्ध मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपका लागि छनोट
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडौं, असोज २५ । ईक्वेडरलाई हराउँदै अर्जेन्टिना अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ ।
ईक्वेडरमा नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले घरेलु टोलीलाई ३–१ ले पाखा लगायो । खेलको पहिलो मिनेटमै ईक्वेडरका रोमारियो ईबाराले गोल गरे पनि अर्जेन्टिनाका लियोनल मेस्सीले ह्याट्रिक गर्दै टोलीलाई विश्वकपमा पुर्याएका हुन् ।
बुधबार बिहानका खेलपछि ल्याटिन अमेरिकी समूहबाट सिधै विश्वकपमा छानिने सबै ४ टोलीको टुंगो लागेको छ । यो समूहमा ब्राजिल शीर्ष स्थानमा रहँदा उरुग्वे दोस्रो, अर्जेन्टिना तेस्रो तथा कोलम्बिया चौथो स्थानमा रहँदै रुस विश्वकपमा स्थान बनाउन सफल भए ।
पाँचौ स्थानमा रहेको पेरुले प्ले अफ चरणमा ठाउँ बनाएको छ । पेरुले अब ओसियाना समुहको विजेता टोली न्युजिल्याण्डसँग विश्वकप छनोटका लागि अन्तिम प्ले अफ खेल्नेछ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित