गौचन हत्याको विषयमा सांसदहरुको आपत्ति

काठमाडौं, असोज २४ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको विषयमा सांसद्हरुले आपत्ति जनाएका छन् । आज बसेको संसद् बैठकमा कांग्रेसका दीपक गिरी, रोमी गौचन थकाली, एमालेका जनार्दन ढकाल, माओवादी केन्द्रका रामनारायण बिडारी, फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी लगायतका सांसद्ले गौचनको हत्याले सुरक्षा व्यवस्थामा चुनौती दिएका धारणा राख्नुभयो ।

घटनाप्रति सरकार र गृहमन्त्रालय गम्भीर हुनुपर्ने सांसदहरुको भनाइ छ । माओवादी केन्द्रका सांसद बिडारीले चुनावको पूर्व सन्ध्यामा व्यवसायीको हत्या हुनुले चुनावी वातावरण विथोल्ने आशंका व्यक्त गर्नुभयो । गौचनको हिजो दिउँसो काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =