कसरी हुने सुन्दर

एजेन्सी । सुन्दर देखिने चाहना सबैलाई हुन्छ । आज भोलि सुन्दर देखिन पार्लर जाने चलन छ । हुन त व्युटिपार्लर पनि गल्ली पिच्छे खुलेका छन् । व्युटिपार्लर जाने समय मिल्छ र पैसा सबैलाई पुग्छ भन्ने छैन । सुन्दरताका लागि व्युटीपार्लर जानैपर्छ भन्ने पनि छैन । सुन्दर देखिनका लागि घरेलु उपायहरू पनि अपनाउन सकिन्छ । सुन्दर देखिने उपायहरू यसप्रकार छन् ।

अण्डा, मह र जैतुनको तेलको मिश्रण बनाउने । तयार भएको मिश्रणलाई अनुहार राम्ररी सफा गरेपछि लगाउने । मिश्रण लगाएको २० मिनेट पछि सफा पानीले पखाल्ने । यस्तो विधि हप्तामा २ पटक अवलम्बन गर्न सकिन्छ । यसो गर्दा अनुहार मुलायम र आकर्षक देखिन्छ ।

एउटा अण्डा र दूधको मिश्रण तयार पार्ने । कपाल राम्रोसँग सफा गरिसकेपछि मिश्रण लगाउने । मिश्रणलाई ५ देखि १० मिनेटसम्म राखेर सफा गर्ने । यसको प्रयोग हप्तामा ३ पटकसम्म गर्न सकिन्छ । यसो गर्दा कपाल नरम र चम्किलो देखिन्छ ।

बोक्रा फालेको एउटा आलुलाई गोलो गरेर काट्ने । यसरी काटिएको आलुलाई डार्कसर्कल भएको ठाउँमा १० देखी १५ मिनेटसम्म राख्ने । यसलाई हप्तामा २ पटकसम्म प्रयोग गर्ने हो भने आँखा वरपर आउने डार्कसर्कलबाट बच्न सकिन्छ ।

अण्डाको पहेँलो र सेतो भागलाई छुट्याउने । अण्डाको सेतो भागलाई राम्रोसँग फिटेर अनुहारमा १० मिनेटजति अनुहारमा राख्नुपर्छ । त्यसपछि चिसो पानीले सफा गर्ने । यो तरिका हप्तामा १ चोटि गर्दा अनुहार राम्रो तथा सुन्दर देखिन्छ ।

मेकअप लामो समयसम्म प्रयोग गर्नु छालाको लागि उपयुक्त हुँदैन । मेकअप गरिसकेपछि त्यसलाई हटाउनुपर्दछ । लामो समयसम्म मेकअप लगाउनु तथा मेकअपमै सुत्नु छालाका लागि हानिकारक हुन्छ । मेकअप लामो समयसम्म राखिराख्दा छालाका छिद्रहरु बन्द हुन्छन् र अक्सिजन शरीरभित्र पुग्न पाउँदैन । मेकअप लामो समयसम्म राखी राख्दा अनुहारको सुन्दरता विग्रनुका साथै चाउरी पर्ने समस्या प्रबल हुन्छ । यस्ता समस्याबाट जोगिन मेकअपलाई काम सकिएपछि तुरुन्तै हटाउनु पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *