माओवादी केन्द्र र नेकपा संयुक्त बिच पार्टी एकता हुने

काठमाडौँ, २३ असोज । नेकपा संयुक्तले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ । सो पार्टीको आज सम्पन्न पोलिटब्यूरोको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो ।

सो पार्टीका अध्यक्ष गणेश साहले पार्टी एकताको निर्णय भएको र मङ्गलवार बस्ने केन्द्रीय समितिको बैठकले त्यसलाई अनुमोदन गरेपछि एकता प्रक्रिया सार्थक रूपमा अगाडि बढ्ने जानकारी दिए ।

बैठकमा सो पार्टीका महासचिव सुनिल मानन्धरले पार्टी एकताको प्रस्ताव राखेका थिए । एकताका लागि माओवादी केन्द्रसँग छलफल भइरहेको र केही प्राविधिक तथा राजनीतिक विषय मिलाउन बाँकी रहेको उनको भनाइ छ ।

आगामी सङ्घीय तथा प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रको निर्वाचन चिन्ह हसिया हथौडामा चुनाव लड्ने निर्णय गरेको नेकपा संयुक्तले गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *