१,२५,००० घुस सहित नायव सुब्बा खत्री पक्राउ

असाेज २३, काभ्रे । काभ्रे जिल्ला अदालत, काभ्रेमा कार्यरत नायव सुब्बा राजेन्द्र खत्री घुस लिदै गर्दा पक्राउ परेका छन् । सवारी दुर्घटनामा भएको अङ्गभङ्ग मुद्दा मिलाईदिने भनी विभिन्न बहानामा सेवाग्राहीसँग रु १,२५,००० घुस रकम लिदै गर्दा खत्री धुलिखेल बसपार्कबाट पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग घुस माग गरेकाे भन्ने उजुरी एवम् निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले निजलाई पक्राउ गरेकाे हाे । खत्रीलार्इ पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *