गौचनको हत्यारालाई चाँडै पक्राउ गरिनेः गृहमन्त्री

काठमाडौं, असोज २३ । गृहमन्त्री जनार्दन शर्माले निर्माण व्यवसायी शरद कुमार गौचनको हत्यामा संलग्नलाई पक्राउ गरि कडा भन्दा कडा कारबाही गर्ने बताएका छन् । साथै,घटनामा संलग्न अपराधीलाई छिट्टै पक्रेर कानुनको दायरामा ल्याउने बताएका छन् ।

गोली हानी गौचनको हत्या गर्ने अभियुक्तको नजिकसम्म प्रहरी पुगेको बताउँदै उनले चाँडै पक्राउ गरिने बताएका हुन् । उनले आजको यो घटना सामान्य नरहेको भन्दै गम्भीर घटना घटेको औँल्याएका छन्।

प्रतिष्ठित निर्माण व्यवसायीमाथि नयाँ बानेश्वरको खरिबोटस्थित प्रयाग चोकमा गोली हानी आज दिउँसै हत्या गरिएको थियो । प्रहरीले चाँडोभन्दा चाँडो घटनाको निचोड निकाल्न लागेको समेत गृहमन्त्री शर्माले जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *